बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुम्बईको अस्पतालमा २६ नर्स र तीन डाक्टरलाई संक्रमण, सम्पूर्ण अस्पताल क्वारेन्टिन जोन

मुम्बईको अस्पतालमा २६ नर्स र तीन डाक्टरलाई संक्रमण, सम्पूर्ण अस्पताल क्वारेन्टिन जोन

मुम्बईको वोकहार्ड अस्पतालका २६ नर्स र तीन डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सम्पूर्ण अस्पतालाई बन्द गरेर क्वारेन्टिन जोनमा रुपान्तरण गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

मुम्बईको वोकहार्ड अस्पतालका २६ नर्स र तीन डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सम्पूर्ण अस्पतालाई बन्द गरेर क्वारेन्टिन जोनमा रुपान्तरण गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

समाचारमा बताइए अनुसार अस्पतालमा भर्ना भएका सबै विरामीलाई दुई पटकको परीक्षण गरी कोरोना भाइरस मुक्त नदेखिंदासम्म कसैलाई पनि बाहिर जान निषेध गरिएको छ।

अस्पतालमा २७० भन्दा बढी विरामी र स्वास्थ्यकर्मी छन्।

भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन्। सम्पूर्ण महाराष्ट्रमा ७४५ जना संक्रमित छन्, तीमध्ये मुम्बईमा मात्रै ४५८ छन्।

सम्पूर्ण भारतमा ४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ।

प्रकाशित: Apr 06, 2020| 16:15 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।