बिहीबार, भदौ ४, २०८३

लकडाउनमा घरेलु हिंसाको अवस्था भयावह

विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

एजेन्सी- विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्।

विश्वको ठूलो जनसंख्या घरभित्रै बसिरहेका बेला घरेलु हिंसाको अवस्था बढेकाे छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले लकडाउनमा महिला र बालिकामाथि घरेलु हिंसाका घटना भयावह रुपमा बढेको बताएका छन्।

उनले यसविरुद्ध सरकारहरुलाई ठोस कारबाही सुरु गर्न आह्वान गरेका छन्।

आफ्नो सन्देशमा महासचिव गुट्रेसले हिंसा कुनै एउटा रणभूमिजस्तो क्षेत्रमा सिमित नभएको भन्दै कयौँ महिला र बालिकाहका लागि आफ्नै घर सबैभन्दा असुरक्षित रहेको बताएका छन्।

महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक बन्दाबन्दीले लगभग सबै देशका महिला र बालिकामाथि दुर्व्यवहारका घटना बढेको उनले बताएका छन्।

संसारभरका झण्डै एक तिहाई महिला आफ्नो जीवनमा कुनै न कुनै किसिमको हिंसामा रहेको युएनले जनाएको छ।

 

प्रकाशित: Apr 06, 2020| 15:03 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।