बिहीबार, भदौ ४, २०८३

कक्षा ११ र १२ का विद्यार्थी तयारी अवस्थामा रहनुस् !

कक्षा ११ र १२ को परीक्षा सर्ने नसर्ने भन्नेबारे कुनै पनि नियसअघि कक्षा १२ काे परीक्षा बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गतेका लागि ताेकिएकाे थियाे। कोरोना संक्रमणका कारण लकडाउन भएपछि याे मितिमा हुने नहुने अन्याेल छ। 
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं- परीक्षाको तयारीमा बसेका कक्षा ११ र १२ का विद्यार्थी यतिबेला अन्योलमा छन्। परीक्षा कहिले हुने भन्नेबारे राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि सूचना तथा जानकारी नदिएकाले विद्यार्थीमा अन्योल छ।

तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सर्ने नसर्ने भन्नेबारे कुनै पनि निर्णय गरेकाे छैन। बाेर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा ताेकिएकै मितिमा सञ्चालन गर्ने वा नयाँ मिति ताेक्नेबारे कुनै पनि निर्णय नभएकाे बताए।

यसअघि कक्षा १२ काे परीक्षा बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गतेका लागि ताेकिएकाे थियाे। कोरोना संक्रमणका कारण लकडाउन भएपछि याे मितिमा हुने नहुने अन्याेल छ। 

लकडाउनकाे अवधि अझै थप्ने सरकारकाे तयारी छ।

बोर्डका अध्यक्ष पौडेलले नेपाल समयसँग भने, 'अहिलेसम्म कुनै निर्णय भएको छैन, अहिलेलाई पहिलाकै निर्णय यथावत छ, यदि अन्य निर्णय भएमा सूचना आउँछ।'

पौडेलले भने, ‘अहिले पर्ख र हेरको अवस्थामा छौँ। तर विद्यार्थीले परीक्षाको लागि तयारी चाहिँ गरिराख्नुपर्छ।’

यसअघि गत चैत ६ गते सुरु गर्ने भनिएकाे माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा हुने भन्दा एक दिन अघिमात्रै स्थगित गरिएकाे थियाे।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईईकाे निर्णय भने लकडाउन खुलेपछि मात्रै हुने र परीक्षाका लागि विद्यार्थीलाई समय दिइने बताए।

प्रकाशित: Apr 06, 2020| 14:48 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।