भैरहवा- भैरहवा क्षेत्रमा रहेका मजदुरलाई खानाको जोहो गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा रकम संकलन गर्ने क्रम बढेको छ।
कोषमा नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ष्णप्रसाद शर्माले १ लाख २१ हजार, अस्ट्रेलियामा बस्ने भैरहवा क्याम्पसका पूर्वविद्यार्थी बन्दित काफ्लेले १ लाख ११ हजार १ सय ११ र मारवाडी सेवा संघबाट १ लाख ११ हजार १ सय ११ प्राप्त भएको छ।
उद्योग व्यापार संगठनले ५१ हजार, वैदिक धर्म सेवा समितिले ५१ हजार, महिला सत्य सनातन धर्म सेवा संघबाट ५१ हजार, जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, भैरव कलवारबाट ५१ हजार र नेपाल नेत्रज्योति संघबाट ५१ हजार प्राप्त भएको छ।
लुम्बिनी निर्माण व्यवसायी संघबाट ४१ हजार, रोटरी क्लब भैरहवाबाट ३१ हजार, नारयणस्थान मन्दिर समितिबाट ३१ हजार एक सय एक, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाबाट ३१ हजार एक सय ११ सहयोग प्राप्त भएको वरिष्ठ लेखा अधिकृत गणेश क्षेत्रीले बताए।
यसैगरी जेसीआई सिद्धार्थबाट २५ हजार ५ सय ५५, त्रिशूल बचत तथा ऋण सहकारी संस्था भैरहवाबाट २५ हजार, दीपज्योति महिला सचेतना समूहबाट २१ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनेन्टियलबाट १५ हजार, प्रेम सेन्चुरीबाट १० हजार १ सय, रामराज उपाध्यायबाट १० हजार सहयोग प्राप्त भएको छ।
कोषलाई सिद्धार्थ उद्योग वाणिज्य संघले ५० हजार र लुम्बिनी इँट्टा व्यवसायी महासंघले ५१ हजार बराबरको सामग्री प्रदान गरेका छन्। कोषमा नगर कार्यपालिका बोर्डबाट ११ लाख ५१ हजार राख्ने निर्णय भइसकेको छ।
कोषमा नगर प्रमुख हरिप्रसाद अधिकारीले व्यक्तिगत रुपमा १५ हजार र उपप्रमुख उमा काफ्ले, वडाध्यक्षहरु रमेश मल्ल, दीपक थापा, थानेश्वर पौडेल, भोला यादव, चेतबहादुर क्षेत्री, वीरेन्द्र श्रीवास्ताव, भीमसेन कर्माचार्य, राजनजंग राणा, शेषकान्त भण्डारी, विजय धवल, दिलीप यादव, करुन्जन श्रेष्ठ र सतिस मरासिनीले १०१० हजार सहयोग गरेका छन्।
नगरपालिकाका उपप्रमुख उमा काफ्लेले भनिन्, ‘सरकारको अभियानमा संघसंस्थाले मन खोलेर सहयोग गर्नुभएको छ। उहाँहरुको सहयोग मजदुरका निम्ति खर्चिएको छ।’
राधा माधव सेवा समिति र हनुमान मन्दिर समितिले खाद्यान्न सामग्री प्रदान गरेका छन्। नगरपालिकामा १ हजार ८ सय ७२ विपन्न तथा श्रमीक रहेको तथ्यांक छ। नगरपालिकाको व्यवस्थापनमा निमा कलेजमा १५५ जना भारतीय मजदुर र शैक्षिक तालिम केन्द्रमा २९ जना छन्।