बिहीबार, भदौ ४, २०८३

राहत कोषमा कांग्रेसको ४० लाख

 नेपाली कांग्रेसले प्रदेश २ सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

जनकपुरधाम- नेपाली कांग्रेसले प्रदेश २ सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ। कोरोना महामाारी रोकथाम गर्न प्रदेश सरकारले गठन गरेको राहत कोषमा कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो।

कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवसहितका नेताले सोमबार मुुख्यमन्त्री लालबाबु राउतलाई ४० लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
नेता यादवले प्रदेश २ का आठै जिल्ला कार्यसमितिका तर्फबाट कोषमा कोरोना रोकथाम गर्न सहयोग गरिएको जानकारी दिए।

विश्वभर फैलिएको कोरोना महमारी रोकथाम गर्न कांग्रेस प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै यादवले आगामी दिनमा समेत सक्दो सहयोग गर्न तयार रहेको बताए।

 

प्रकाशित: Apr 06, 2020| 12:45 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।