बिहीबार, भदौ ४, २०८३

भरुवा बन्दुकसँगै मृत भेटिइन् नवविवाहित युवती

छातीमा गोली लागेर डोटीमा एक युवतीको मृत्यु भएको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

छातीमा गोली लागेर डोटीमा एक युवतीको मृत्यु भएको छ। जोरायल गाउँपालिका ४ देउथलाको नङनी टोलकी २० वर्षिया अनिता वनको आइतबार बेलुकी ५ बजेतिर भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना हत्या, आत्महत्या वा अरु केही हो भनेर अहिले यकिन हुन नसकेको डोटीका प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए।

घरको माथिल्लो तलामा भरुवा बन्दुकसँगै अनिताको शव भेटिएको उनले जानकारी दिए। अनिताका पति २२ वर्षीय खडक वनले बेलुकी ५ बजेतिर पत्नी दाल लिन माथिल्लो तलामा गएलगत्तै बन्दुकको आवाज आएको प्रहरीलाई बताएका छन्। घटनास्थलमै रहेका एसपी देउवाले घटना संकास्पद रहेको र पोष्टमार्टमपछि मात्रै खुल्ने बताए।

बन्दुक भने घरको कुनामा ठड्याएर राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घरमा पती पत्नी मात्रै रहेको बुझिएको छ। प्रहरीले पतिलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपूको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ भलिवल खेल्न गएको बुझिएको छ।

अनिताको माइतीघर डडेलधुराको भागेश्वर गाउँपालिका ५ बगरकोट हो। उनीहरुको गत महिनामात्रै प्रेम विवाह भएको बुझिएको छ।

यसपूर्व कामको सिलसिलामा भारतको बैङ्लोरमा बस्दै आएका खडक र अनिताबीच फेसबुकमार्फत् प्रेम सम्बन्ध जोडिएको स्थानीयले बताएका छन्।

अनिताको माइती पक्ष घटनास्थलमा पुग्नै लागेकाले त्यसपछि मात्र शव पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 06, 2020| 11:51 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।