बिहीबार, भदौ ४, २०८३

वैशाख २ गतेसम्म लकडाउन थप्न सिफारिस

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले जारी लकडाउन एक साता थप्न सिफारिस गरेको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले जारी लकडाउन एक साता थप्न सिफारिस गरेको छ।

आज बिहान बसेको समितिको बैठकले विज्ञहरुको सुझावका आधारमा लकडाउनको समय थप्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

आजै बस्ने मन्त्रिपरिषद बैठकले समितिको सिफारिसबमोजिम निर्णय गरेमा लकडाउन २०७७ वैशाख २ गते मंगलबारसम्म लम्बिनेछ।

चैत ११ गते सुरु भएको पहिलो चरणको लकडाउन चैत १८ मा सकिएपछि २५ गते मध्यरातिसम्म बढाइएको थियो।

भोलि राति १२ बजे जारी लकडाउन सकिने भएकाले आजको मन्त्रिपरिषद् बैठकले नै निर्णय लिने प्रधानमन्त्री केपी ओलीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रकाशित: Apr 06, 2020| 11:01 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।