बिहीबार, भदौ ४, २०८३

अमेरिकामा एकै दिन ३ नेपालीको मृत्यु

अमेरिकामा एकै दिन ३ नेपालीको ज्यान गएको छ। मृत्यु हुनेमा एक जना काठमाडौं स्थायी ठेगाना भएका र २ जना मुस्ताङका छन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं– अमेरिकामा एकै दिन ३ नेपालीको ज्यान गएको छ। मृत्यु हुनेमा एक जना काठमाडौं स्थायी ठेगाना भएका र २ जना मुस्ताङका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार न्युयोर्कका बस्दै आएका अजयमान छोंचुको एल्महस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

नेवा नख न्युयोर्कका अध्यक्ष बिष्णुमान प्रधानका अनुसार केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा छोंचुलाई ब्याक्टेरियल निमोनिया देखिएको थियो। त्यसपछि एल्महस्ट अस्पतालमा भर्ना गरिएका छोंचुलाई अस्पतालले एक दुई दिनमा नै डिस्चार्ज गर्ने बताए पनि एक्कासी मृत्यु हुनपुग्यो। उनको मृत्यु हृदयघातबाट भएको अनुमान प्रधानले गरे। 

झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचु र उनकी पत्नीमा कोरोना भाइरसको संक्रमण पाइएको थिएन।

छोँचु न्युयोर्कको क्वीन्स ग्राण्ड एभन्युमा पत्नी र छोराबुहारीसंगै बस्दै आएका थिए।

यस्तै न्युयोर्कमै बस्ने मुस्ताङका थोक्मे बिष्ट र सोनाम लामाको पनि ज्यान गएको छ।                                  निवासमै मृत्यु भएको हो।

मुस्तांग किदुगका पूर्व अध्यक्ष नोर्बु बिष्टका अनुसार थोक्मे विष्टलाई सुरुमा टाउको दुख्ने र सास फेर्न गाह्रो हुने समस्या भएपछि अस्पतालले उनलाई घरमै आराम गर्न भनेको थियो। अस्पतालमा गरिएका केही परीक्षणको रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ।

२० बर्षदेखि अमेरिकामा बस्दै आएका बिष्टका पत्नी र दुई छोरा काठमाडौंमा छन्।

यसैगरी न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि मृत्यु भएको छ। नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाका अनुसार ४० वर्षीय लामाको मृत्यु पनि कोठामै भएको हो। जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि कोठामा गएर हेर्दा मृत भेटिएको केशवराम बिष्टले बताए।

१८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको शव प्रहरीले लगेको छ। उनको मृत्युमा कोरोना संक्रमणको आशंका गरिए पनि रिपोर्ट आउन बाकी छ।

केहीदिन अगाडिमात्र न्युयोर्कको एल्महस्ट्र अस्पतालमा कोरोना संक्रमणका कारण ५० बर्षीय अनिल लिम्बुको मृत्यु भएको थियो।

प्रकाशित: Apr 06, 2020| 10:20 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।