बिहीबार, भदौ ४, २०८३

कोरोना भाइरस : के-के भयो २४ घण्टामा ?

विश्वभर नै कोरोना भाइरसबाट संक्रमितको बिरामी बढ्दो क्रममा छ। आज बिहानसम्ममा संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

विश्वभर नै कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दो क्रममा छ।

आज बिहानसम्ममा संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ। त्यसैगरी मृतकको संख्या ६९ हजार ३ सय ५० पुगेको छ।

पछिल्लो दुई सातामा हिजो इटालीमा पहिलोपटक मृतकको संख्यामा कमी आएको छ। हिजो त्यहाँ ५२५ जनाको मृत्यु भयो। अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ।

उता स्पेनमा पछिल्लो २४ घढटामा ६ सय ७४ जनाको ज्यान गयो। त्यहाँ मृतकको संख्या १२ हजार ६ सय ४१ पुगेको छ।

अमेरिकामा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। विश्वमै सबैभन्दा बढी साढे ३ लाख संक्रमित अमेरिकामा छन्। त्यसैगरी मृतकको संख्या साढे ९ हजार नाघेको छ।

फ्रान्समा पनि कोरोनाका मृतकको संख्या ८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ३५७ जनाको ज्यान गएको छ। ९० हजार संक्रमित उपचाररत छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या झन्डै ५ हजार छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसेन अस्पताल भर्ना भएका छन्।

महारानी एलिजाबेथले राष्ट्रका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेकी छन् र कोरोनाको संकट चाँडै अन्त्य हुने आशा व्यक्त गरेकी छन्। महारानीले देशको नाममा सम्बोधन गर्नु बेलायतमा दुर्लभ घटना हो।

भारतमा संक्रमितको संख्या ३ हजार ५ सय ७७ र मृतकको संख्या ८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसबाट झन्डै ४७ सय जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतीय नागरिकले हिजो बेलुका बिजुली बत्ती बन्द गरी दियो, मैनबत्ती, टर्चलाइट, मोबाइलको फ्लासलाइट बालेर कोरोना भाइरसविरुद्ध ऐक्यबद्धता प्रकट गरेका छन्।

कोरोना भाइरसको उद्गम मुलुक चीन भने अहिले शान्त छ।

बीबीसी

प्रकाशित: Apr 06, 2020| 07:41 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।