बिहीबार, भदौ ४, २०८३

५० हजार स्वास्थ्य स्वयंसेविका देशभर परिचालन हुने

सरकारले देशभरका स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

सरकारले देशभरका स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ। आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय संयन्त्र समितिको बैठकले देशभर रहेका ५० हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले समितिले गरेको निर्णय सुनाउँदै ती स्वयंसेविकाहरुलाई उचित भत्ता र बीमाको पनि व्यवस्था गर्ने र ग्रामीण भेगमा खटाइने जानकारी दिए।

यसअघि सरकारले स्वास्थकर्मीहरुको २५ लाख बराबरको बीमा गर्ने र शतप्रतिशत भत्ता दिने निर्णय गरेको थियो। स्वास्थ्य स्वयंसेविकाको हकमा के गर्ने भनेर निर्देशिका बनाइने छ।

त्यस्तै आज बसेको समितिको बैठकले सार्वजनिक खरिद ऐन अन्तर्गत नै चीनबाट निजी कम्पनीले स्वास्थ्य सामग्री ल्याएको दावी गरेको छ । विडारीले समितिका निर्णयहरु सार्वजनिक गर्दै चीनबाट खरिद गरिएका सामग्रीहरु सार्वजनिक खरिद ऐन अन्तर्गत नै खरिद गरेको स्पष्ट पारे ।

त्यस्तै समितिले क्वारेन्टाइन मापदण्ड र राहत मापदण्ड केही परिमार्जन गर्नुपर्ने भएकोले परिवर्तनका लागि पनि अनुमति दिएको छ।

प्रकाशित: Apr 05, 2020| 20:21 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।