बिहीबार, भदौ ४, २०८३

स्पेनमा संक्रमण दर कम भयो, सिंगापुरमा एक्कासि बढ्यो

संक्रमितको संख्या थपिने दर पनि कम भएपछि स्पेनमा नयाँ आशाको सञ्चार भएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

स्पेनमा ९ दिनपछि पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा कम ६७४ को मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या थपिने दर पनि कम भएपछि स्पेनमा नयाँ आशाको सञ्चार भएको छ।

संक्रमणका कारण स्पेनमा १२ हजार ४१८ जनाको मृत्यु भइसकेको छ, जुन इटलीपछिको दोस्रो ठूलो संख्या हो। स्पेनमा संक्रमितको संख्या १ लाख ३० हजार ७५९ छ।

ताजा तथ्यांक अनुसार त्यहाँ संक्रमण दरमा पाँच प्रतिशतले कमी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यस्तै अस्पतालमा भर्ना हुनेहरुको संख्या विस्तारै कम हुँदै गएको र गम्भीर विरामीको संख्या पनि कम भएको स्पेनी अधिकारीहरुले जनाएका छन्।

“अस्पतालमा दबाब केही कम भएको महसुस गरेका छौं, तीन हप्ताको लकडाउनपछि यही अपेक्षित थियो,” स्पेनको हेल्थ इमर्जेन्सी सेन्टरकी मारिया जोस सेराले द गार्जियनसँग भनेकी छन्।

सिंगापुरमा संक्रमित बढे

सिंगापुरमा संक्रमितको संख्या एकै दिनमा ६० प्रतिशतले बढेको छ। पछिल्लो २४ घन्टामा यहाँ १२० जना नयाँ संक्रमित देखिएका छन्।

सिंगापुर ती थोरै देशमध्येको एक हो जहाँ चीनपछि पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएका थिए। सिंगापुरमा पहिलो संक्रमण गत फेब्रुअरी महिनामा पुष्टी भएको थियो। त्यसलगत्तै सिंगापुरले सम्भावित संक्रमित खोज्ने र व्यापक परीक्षण गर्ने काम सुरु गरेको थियो।

त्यसैकारण सिंगापुरले सुरुआती संक्रमण रोक्न सफलता पायो । अहिलेसम्म सिंगापुरमा संक्रमितको संख्या १ हजार ३०९ पुगेको छ भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

मार्चको अन्त्यमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी एसियामा फैलिने चेतावनी दिएको थियो।

भारतमा ३,३७४

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ हजार ३७४ पुगेकाे छ । स‌ंक्रमणकै कारण अहिलेसम्म ७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबार भारतभर ११ हजार १८२ को परीक्षण गरिएकोमा ३२४ जनामा संक्रमण पुष्टी भएको छ।

प्रकाशित: Apr 05, 2020| 19:48 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।