काठमाडौं– पर्सामा लकडाउनको अवज्ञा गर्दै भारततर्फ लैजाँदै गरिएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पेट्रोलियम पदार्थ बोकेर भारततर्फ लैजाँदै गरिएकोे उक्त ट्याक्टरलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
ट्याक्टरमा अन्दाजी चार सय लिटर डिजल र दुई सय लिटर पेट्रोल राखिएका ड्रमसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बरामद गरिएको पेट्रोलियम पदार्थलाई वीरगन्ज भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।
ट्याक्टर चालक भने प्रहरी टोलीलाई देखेर भागेको प्रहरीको भनाइ छ।
सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको हो।