बिहीबार, भदौ ४, २०८३

पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन पक्राउ

पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन जना आइतबार पक्राउ परेका छन्।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं– पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन जना आइतबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा, वीरगन्ज महानगरपालिका–३१, मिलन चोकका ४५ वर्षीय समसुदिन मियाँ अन्सारी, २० वर्षीय शेष अख्तार मियाँ र धनुषा, जनकपुर उपमहानगरपालिका–१३ का ५० वर्षीय जिबछ महतो छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट, बिरुवागुठीको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको टोलीले पर्सागढी नगरपालिका–३, झब्रा उमादेवी मन्दिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रहरीका अनुसार उनीहरूको साथबाट गाँजासहित ४ लिटर घरेलु मदिरा पनि बरामद गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 05, 2020| 16:52 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।