बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाकाे जाेखिमपछि कैलाली–सुर्खेतका १० नाका बन्द

काेराेनाकाे जाेखिमपछि कैलाली–सुर्खेतका १० नाका बन्द

सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित भेटिएपछि सुर्खेत जोड्ने १० वटा नाका बन्द गरिएका छन्।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

सुर्खेत- सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित भेटिएपछि सुर्खेत जोड्ने १० वटा नाका बन्द गरिएका छन्। सुर्खेतको चौकुने गाउँपालिकाले कैलाली–सुर्खेत जोड्ने सबै नाका बन्द गरिएको छ।
सुर्खेत–कैलाली, सुर्खेत–डोटी र सुर्खेत–अछाम जोड्ने झोलुङ्गे पुल र कर्णाली नदीमा डुङ्गा सञ्चालनमा रोक लगाएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए।
कैलालीसँग सिमाना जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले कैलाली सुर्खेत जोड्ने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोला पाखा झोलुंगे पुल बन्द गरेको छ।
त्यस्तै अछाम जोड्ने कोलीभरा, मालुमेला, टटालीलका र डोटी जोडने पुक्रे बलाता, तालागाउँ काटई झोलुंगे पुल पनि बन्द गरिएको अध्यक्ष शाहीले जानकारी दिए।
कैलाली–सुर्खेत डोड्न कर्णाली नदीको विभिन्न ठाउँमा सञ्चालन हुँदै आएका गुङ्गा पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् । छिमेकी जिल्ला आउजाउ बन्द नगरिए कोरोना संक्रमण सर्न सक्ने भन्दै सीमा नाका बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: Apr 05, 2020| 15:50 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।