काठमाडौं– सरकारले वैशाख ६ र ७ गतेका लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिटामिन ‘ए’ कार्यक्रम स्थगित गरेको हो। मन्त्रालयले गत चैत २१ गतेको निर्णयअनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगन गरिएको हो।
