आइतबार, चैत ८, २०८२

२४ घण्टामा १२७१ कोरोना संक्रमित थपिए, १४ संक्रमितको मृत्यु

नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४४ जनामा परीक्षण गर्दा एक हजार दुई सय ७१ जनामा संक्रमण देखिएको हो। 

National life

नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना  छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन्। 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। बिहीबार अपराह्नम्म सात लाख ३५ हजार ६  जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ। 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १० हजार नौ सय तीन जनाको संक्रमणबाट मृत्यु भएको छ। नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ। 

यस्तै चार सय ५८ जना सघन उपचार कक्ष (आईसीयू), १३९ जना भेन्टिलेटर, २६ हजार आठ सय ८६  जना होम आइसोलेसन, एक हजार सात सय ९२ जना संस्थागत आइसोलेसन र दुई सय ६१ जना क्वारेन्टिनमा  छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2021| 17:53 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्