बिहीबार, भदौ ४, २०८३

आजदेखि धुलिखेलमा पनि कोरोना परीक्षण

धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताए। “पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो,” उनले भने । उनका अनुसार अस्पतालमा आजबाट कोरोना सङ्क्रमण परीक्षणको तयारी पूरा भइसकेको छ ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत रु २० लाख उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए।

झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।
रासस

प्रकाशित: Apr 05, 2020| 08:18 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।