बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वभर १२ लाखभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या ६४,७००

विश्वभर १२ लाखभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या ६४,७००

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर १२ लाख नाघेको छ। बीबीसीका अनुसार यो संख्या बढ्दो क्रममा छ।

यस महामारीबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय नाघेको छ । बढी ज्यान गुमाउनेमा इटाली, फ्रान्स, स्पेन र अमेरिकाका नागरिक छन्।

इटालीमा हिजो शनिबार ६८१ जनाको मृत्यु भएको छ। त्यहाँ मर्नेको कुल संख्या १५ हजार ३ सय ६२ पुगेको छ।

उता, स्पेनमा एकैदिन ८ सय ९ जनाको मृत्यु भयो । त्यहाँ मृतकको संख्या ११ हजार ९ सय ४७ पुगेको छ।

अमेरिकामा मृतकको संख्या ८ हजार ४ सय नाघेको छ। न्युयोर्कमा मात्रै एकैदिनमा ६ सय ३० जनाको ज्यान गएको छ। संक्रमितको संख्या अमेरिकामा ३ लाख भन्दा बढी छ। राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले कोरोना भाइरसबाट सयौंको ज्यान जानसक्ने बताएका छन्।

उता, बेलायतमा एकैदिनमा ७ सय ८ जनाको मृत्यु भएको छ । आज बेलायतकी महारानी एलिजाबेथले देशबासीका नाममा सम्बोधन गर्दैछिन् ।

भारतमा पनि महामारी फैलिँदो छ । अहिलेसम्म ७५ जनाको ज्यान गएको छ भने ३११३ संक्रमित छन् ।

प्रकाशित: Apr 05, 2020| 08:11 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।