बिहीबार, भदौ ४, २०८३

धादिङको चेपाङ गाउँमा दादुराको प्रकोप, दुईको मृत्यु

दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।

गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो । ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो ।

दादुरारुवेलाका कारण २९ महिनाको अनिशा चेपाङ र आठ महिनाको वसन्त चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताए । गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छन् ।

चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो । फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए । रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुबाडीले बताए ।

दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे पनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमायाँ चेपाङले बताए । ३० वर्षीया सोल्टीमायाको छ बच्चामध्ये एक जनाको दादुराका कारण मृत्यु भएको थियो । उनले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताए ।

शनिबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुबाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए ।

गाउँपालिकाले महामारीका रुपमा रहेको दादुरारुवेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वाग्मती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरारुवेला खोप लगाउने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए ।

रासस

प्रकाशित: Apr 05, 2020| 07:52 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।