बिहीबार, भदौ ४, २०८३

बाराबाट ९ जमाती नियन्त्रणमा, भारतबाट फर्कंदै थिए

बारा प्रहरीले जमात (इस्लाम धार्मिक आयोजन) बाट फर्किरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

वीरगञ्ज- बारा प्रहरीले जमात (इस्लाम धार्मिक आयोजन) बाट फर्किरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट फर्किंदै गरेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट जितपुरको टोलीले दशगजा नजिकैबाट पक्राउ गरेको हो।

उनीहरु भारतीय प्रहरीलाई समेत छलेर दशगजासम्म पुगेको बारा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा सप्तरीको महादेवा गाउँपालिकाका दुई, कञ्चनरुप नगरपालिकाका तीन र कृष्णश्रवण गाउँपालिकाका तीनजना रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले नेपाल समयलाई जानकारी दिए।

नियन्त्रणमा लिइएका सबैजनालाई क्वारेन्टाइनमा पठाइएको उनले बताए।

'उनीहरु ४० दिनअघि सप्तरीबाट निस्केका रहेछन्, भारतको विभिन्न स्थानका मस्जिदहरुमा आयोजित धार्मिक सभामा भाग लिएर फर्किंदै थिए,' डीएसपी मिश्रले भने, 'भारतको पूर्वी चम्पारण, सीतामढी हुँदै यहाँसम्म आइपुगेकाहुन्।'

 भारतीय प्रहरीलाई छलेर गहुँ खेतहुँदै दशगजासम्म पुगेका उनीहरुलाई नियन्त्रणमा लिएको मिश्रले बताए।

उनीहरुले आफूहरु दिल्लीको धार्मिक सभामा सहभागी नभएको तर, बिहारकै सीतामढी, पूर्वी चम्पारण जिल्लाका विभिन्न मस्जिदसम्म पुगेर फर्केको बताएका छन् ।

यसअघि भारतको दिल्लीमा कोरोना भाइरस फैलाउन सहयोग पुगेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा १९ जना नेपाली सहभागी भएका थिए। त्यहाँबाट फर्किएको आशंकामा यसअघि प्रहरीले बाराबाट ११ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: Apr 04, 2020| 19:51 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।