बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाबुराम भट्टराईलगायतको पहलमा ‘कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल’

बाबुराम भट्टराईलगायतको पहलमा ‘कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, कांग्रेस नेता तथा विश्लेषक प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो पहलको शुरुवात भएको जानकारी दिइएको छ ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, कांग्रेस नेता तथा विश्लेषक प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो पहलको शुरुवात भएको जानकारी दिइएको छ ।

‘सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पुर्याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुर्याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरु रहनेछन् । अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिनेछ ।

हाललाई केन्द्रमा संयोजन समिति रहनेछ र त्यसमा विभिन्न सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवाहरुलाई सहभागी गराउँदै लगिनेछ ।

केन्द्रीय संयोजन समितिमा डा. बाबुराम भट्टराई, प्रदीप गिरी, डा. कल्याणराज शर्मा, कृष्ण आचार्य, जनकराज जोशी, डा. दोभान राई, प्रदीप परियार, ब्रबिम कुमार, डा. रेशम थापा, लुना रन्जित, डा. लोचन कार्की, डा. ल्हामो शेर्पा, विश्वदीप पाण्डे, डा. सबिन निंगलेखु, डा. सुरेन्द्र यादव, सुरेन्द्र शाह र डा. स्वर्णिम वाग्ले छन् ।

प्रकाशित: Apr 04, 2020| 18:29 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।