काठमाडौं- स्वास्थ्य मन्त्रालयले शनिबार थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गर्दै संक्रमित दुई पुरुष भारतबाट आएका र एकजना महिला संक्रमितका परिवारका सदस्य रहेको जनाएको छ।
शनिबार संक्रमति भेटिएका एकजना ४१ र अर्का २१ वर्षीय दुवै पुरुष भारतबाट आएका थिए। संक्रमित भेटिएकी महिला भने नेपालमै रहेको बताइएको छ। उनका परिवारका सदस्यबाट संक्रमित भएको पाइएको प्रवक्ता विकास देवकोटाले बताए। तीनैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
यसअघि संक्रमित भएका सबै विदेशबाट आएका थिए। ती महिला भने नेपालमै रहेकी छन्। देवकोटाले भने, संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको यो पहिलो घटना हो । यसअघि धनगढीमा एकजना संक्रमित उपचार भइरहेको छ।
बाँकी चारमध्ये दुई जनाको टेकुमा र दुई जनाको बागलुमा उपचार भइरहेको देवकोटाले बताए। उनले विदेशबाट आएका सबैलाई सावधानीका उपाय अवलम्बन गर्न आग्रहरेका छन्।