बिहीबार, भदौ ४, २०८३

देशभर ६९ जना आइसोलेसनमा

५४ जना उपत्यकाबाहिर र १५ जना काठमाडौंमा छन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमणकाे शंकामा देशभर ६९ जना आइसोलेसनमा राखिएकाे जनाएको छ। तीमध्ये ५४ जना उपत्यकाबाहिर र १५ जना काठमाडौंमा छन्।

शनिबारसम्म शुक्रराज ट्रपिकल अस्पतलामा १४४१ जनाको नमुना परीक्षण गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। 

उनले काठमाडौंबाहिर धरान, जनकपुर, हेटौंडा, पोखरा, धनगढी र सुर्खेतमा कोरोनाको नमुना संकलन र परीक्षण भइरहेको तथा बुटवलमा आइतबार परीक्षण सुरु हुने बताए।

उनले कलसेन्टरमा ३४३५ गुनासो सम्बोधन गरिएको जानकारी दिए। साथै मोबाइल एप्समा आएका गुनासामध्ये १२६ जना रेड जोनमा राखिएको र उनीहरुका ट्रेसिका भइरहेको छ।

मन्त्रालयले पीपीई र अन्य उपकरण पर्याप्त मात्रामा नभएकाले अनावश्यक प्रयोग नगर्न चिकित्सकलाई निर्देशन दिएको छ।

 

प्रकाशित: Apr 04, 2020| 16:56 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।