बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइनबाट तीन दिनमै घर पठाइएकी महिलामा कोरोना संक्रमण

क्वारेन्टाइनबाट तीन दिनमै घर पठाइएकी महिलामा कोरोना संक्रमण

परिवारका एक सदस्यलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि क्वारेन्टाइनमा तीन दिन राखेर घर पठाइएकी कैलालीको धनगढीकी महिलामा कोरोना संक्रमण भेटिएको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं– परिवारका एक सदस्यलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि क्वारेन्टाइनमा तीन दिन राखेर घर पठाइएकी कैलालीको धनगढीकी महिलामा कोरोना संक्रमण भेटिएको छ।

कैलालीको धनगढीस्थित कभर्ड हल क्वारेन्टाइनमा गत चैत १५–१७सम्म रहेकी ती महिलामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। ती महिला धनगढीका कोरोना संक्रमित ३४ वर्षीय युवककी भाउजू हुन्।

संंक्रमित युवकका परिवारका सदस्यलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्नुपर्नेमा सेती प्रादेशिक अस्पतालले लक्षण नदेखिएको भन्दै तीन दिन मात्र क्वारेन्टाइनमा राखेर घर पठाइएकोे थियो।

कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण नदेखिएको भन्दै स्वाब परीक्षण नगरिएको अस्पतालको भनाइ छ। तर, चौतर्फी दबाबपछि अस्पतालले गत बुधबार महिलासहित १० जनाको स्वाब परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो।

अस्पतालका अनुसार संक्रमित युवकको परिवारका ८ जना, उनलाई अस्पताल पुर्‍याउने १ र सम्पर्कमा आएका १ जना गरी १० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो। तीमध्ये बाँकी ९ जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।

अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले संक्रमित युवकका परिवारका अन्य सदस्यहरूलाई कोरोना संक्रमणको लक्षण नदेखिएपछि सेल्फ क्वारेन्टाइन बस्ने गरी घर पठाइएको बताए। उनले महिलाबाहेक परिवारका अरु सदस्यको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिए।

उनका अनुसार संक्रमित महिलासहित कैलालीमै संक्रमित देखिएका २१ वर्षीय युवक र कञ्चनपुरका ४१ वर्षीय पुरुषमा अहिलेसम्म कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन। उनीहरूलाई अस्पतालको आइसोलेनसमा राखिएको छ। अस्पतालको आइसोलेसनमा रहेका १ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

भारतको मुम्बईबाट आएका २१ वर्षीय युवक कैलालीकोे लम्कीका हुन्। उनी भारतबाट आएलगत्तै लम्कीमै क्वारेन्टाइनमा बसेका थिए। कुल ४४ जना बसेको उक्त क्वारेन्टाइनमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको पाइएको प्रहरीले जनाएकोे छ। क्वारेन्टाइनमा रहेका बाँकी ४३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

यस्तै, भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका पुरुष पनि क्वारेन्टाइनमा बसेका थिए। उनीसँगै काम गर्ने ११ जना नेपाली घर फर्किएको बुझिएको छ। 

प्रकाशित: Apr 04, 2020| 16:16 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।