बिहीबार, भदौ ४, २०८३

'लोकल ट्रान्समिसन खतराको घण्टी'

नेपालमा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मानिसहरुमा एक प्रकारको त्रास पैदा भएको छ । अहिलेसम्म नेपालमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

नेपालमा शनिबार थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि मानिसमा एक प्रकारको त्रास उत्पन्न भएको छ। अहिलेसम्म नेपालमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन्।

नौ जनामध्ये आठजना आयातित संक्रमित हुन् भने शनिबार धनगढीमा एक महिलामा भने लोकल ट्रान्समिसनका कारण कोरोना पोजेटिभ देखिएको छ। दुबईबाट फर्किएका धनगढीका युवकबाट ती महिला (आफन्त) मा कोरोना संक्रमण भएको जनाइएको छ।

लोकल ट्रान्समिसन देखिएपछि एक कदम अगाडि बढेर काम गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन्।

डा. शेरबहादुर पुन

सरुवा रोग विशेषज्ञ (शुक्रराज ट्रपिकल तथा सरुवा रोग महाशाखा टेकु)

नेपालमा एक जना व्यक्तिबाट अर्को व्यक्तिमा पनि कोरोना संक्रमण हुनु लोकल ट्रान्समिसन (स्थानीय संक्रमण)हो। नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ।

अहिलेसम्म आयातित केस थियो, तर अब कम्युनिटी ट्रान्समिसन देखिएपछि केही खतरा बढेर गएको छ।  लकडाउनलाई कडाइ गर्ने र कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउन ढिलो गर्न हुँदैन।

लोकल ट्रान्समिसनले एक तह खतरा बढेको छ। धेरैभन्दा धेरैकाे परीक्षण गरेमा  निकै प्रभावकारी हुन्छ, जसले भावी कार्ययोजना तयार गर्न सहज हुन्छ। तर अहिलेको समयमा भारतबाट भित्रिएका तथा सिमाना जोडिएका जिल्लामा विशेष कडाइ गरी क्वारेनटाइनलाई प्राथमिकता दिँदा पनि प्रभावकारी हुन्छ।

विदेशबाट आउनेलाई र उसको सम्पर्कमा रहेकालाई एक चरण अगाडि बढेर स्क्रिनिङ गर्नु आवश्यक छ। उनीहरुसँग सम्पर्कमा रहेका मानिसहरु आफैँ पनि सेल्फ क्वारेनटाइनमा बस्नुपर्छ। सरकारले पनि उनीहरुलाई विशेष निगरानी गर्न ढिलाइ गर्नु हुँदैन।

अबको चार हप्तासम्म पोजेटिभ केस बढ्न सक्छ

डा. रमेश आचार्य
रिसर्च स्कलर, ह्वाजोङ विश्वविद्यालय, वुहान

लक्षण नदेखिएका तर कोरोना पोजेटिभ देखिएका मानिसमा निको हुने सम्भावना बढी रहन्छ। झापा, विराटनगर, धरान, नेपालगञ्ज, धनगढी, दैलेख, सुर्खेतलगायतका जिल्लामा मास स्क्रिनिङको आवश्यकता छ।

साथै वैदेशिक रोजगारीबाट आएका मानिसहरु र समुदायको मास स्क्रिनिङ गर्न ढिलाइ भयाे। नेपालमा समुदायमै पोजेटिभ केस देखिनुले खतराको घण्टी बजेको छ।

क्वारेनटाइन र लकडाउन अवधि नबढाउने हो भने अबको चारदेखि पाँच हप्तासम्म केसहरु बढ्न सक्छन्। नेपालमा लकडाउनलाई निरन्तरता दिनु आवश्यक छ।

प्रकाशित: Apr 04, 2020| 16:11 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।