बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक हजारको भीडसँगै गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए कोरोना संक्रमित युवा

एक हजारको भीडसँगै गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए कोरोना संक्रमित युवा

धनगढी– कोरोनाको संक्रमण पुष्टि भएका कैलालीको लम्कीका २१ वर्षीय युवा गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएको खुलेको छ ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

धनगढी– कोरोनाको संक्रमण पुष्टि भएका कैलालीको लम्कीका २१ वर्षीय युवा गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएको खुलेको छ ।

सरकारले लकडाउनको घोषणा गरेपछि गौरिफन्टा नाकाबाट करिब एक हजार व्यक्ति चैत १२ गते नेपाल भित्रिएका थिए । कोरोना संक्रमित युवक सोही भिडसँगै नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।

चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरिएको थियो । उनी चैत ११ गते गौरिफन्टा नाकामा आइपुगेका थिए । उनीसहित करिब एक हजार व्यक्तिलाई प्रहरीले नेपाल प्रवेश गर्न रोक लगाएको थियो ।

प्रहरीले स्वदेश छिर्न नदिएपछि उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने माग गर्दै गौरीफन्टामा नाराबाजी समेत गरेका थिए ।

ठूलो दबाबपछि उनीहरु चैत १२ गते नै नेपाल प्रवेश गरेका थिए । गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदिप गिरीले नेपाल समयलाई जानकारी दिए ।

उनीसँगै २३ जिल्लाका व्यक्तिहरु नेपाल प्रवेश गरेका थिए। ती सबैको विवरण प्रत्येक जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाएको उनले बताए ।

संक्रमित युवा कैलालीको लम्की चुहा नगरपालिका–९ प्रतापपुरका हुन्। उनी भारतबाट आएको दिन बेलुकी आफ्नो घरमा नगएर भाउजुको घरमा बेलुकीको खाना खाएको वडाध्यक्ष रामप्रसाद चौेधरीले जानकारी दिए। खाना खाएलगत्तै उनलाई क्वारेन्टाइनमा राखिएको चौधरीले जानकारी दिए।

 

 

प्रकाशित: Apr 04, 2020| 15:54 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।