बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलाली र कञ्चनपुरका कोरोना संक्रमितको अवस्था सामान्य

कैलाली र कञ्चनपुरका कोरोना संक्रमितको अवस्था सामान्य

कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताए।

शनिबार एकै दिन तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाइएको हो। धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीया युवककी भाउजू, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।

चौँतीस वर्षीया युवतीबाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट सङ्कलन गरिएको बताउँदै युवतीको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएकोे जोशीले जानकारी दिए। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।

रासस

प्रकाशित: Apr 04, 2020| 15:18 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।