बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कन्चनपुरमा कोरोनाबारे अफवाह फैलाएको आरोपमा युवक पक्राउ

कन्चनपुरमा कोरोनाबारे अफवाह फैलाएको आरोपमा युवक पक्राउ

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अफवाह फैलाएको आरोपमा कन्चनपुरमा युवक पक्राउ परेका छन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

महेन्द्रनगर– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अफवाह फैलाएको आरोपमा कन्चनपुरमा युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ का २३ वर्षीय गोपाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय, कन्चनपुरले जनाएको छ।

उनलाई शुक्रबार उनको घरबाट पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा गोपाल सुनार नामको अकाउन्टमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ स्टाटस राखिएको थियो।

सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे छानबिन गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 04, 2020| 14:19 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।