बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा नजिक कोरोना संक्रमण फैलिएपछि रुपन्देहीका स्थानीय त्रसित

सीमा नजिक कोरोना संक्रमण फैलिएपछि रुपन्देहीका स्थानीय त्रसित

रुपन्देहीको मर्चवार सीमादेखि करिब ७ किलोमिटर दूरीमा रहेको भारतीय गाउँ कोल्हुइमा कोरोना भाइरसको संक्रमण फैलिएपछि रुपन्देहीमा त्रासको वातावरण सिर्जना भएको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

भैरहवा - रुपन्देहीको मर्चवार सीमादेखि करिब ७ किलोमिटर दूरीमा रहेको भारतीय गाउँ कोल्हुइमा कोरोना भाइरसको संक्रमण फैलिएपछि रुपन्देहीमा त्रासको वातावरण सिर्जना भएको छ।

मर्चवारी गाउँपालिकाबाट लकडाउनको अवधिमा पनि दैनिक ३०/३५ साइकलयात्री खैराको बाटो हुँदै कोल्हुई आउनेजाने गर्दछन्। खैराबाट कोल्हुई जम्मा ७ किलोमिटर टाढा मात्रै छ। भारतको उक्त क्षेत्रबाट हरियो तरकारी लिएर दैनिक दर्जनौं साइकल सीमावर्ति नेपाली शहर भैरहवा, बुटवल, लुम्बिनीसम्म पुग्ने गरेका छन्। तरकारी बेच्नेहरु टोलटोलमा छिर्ने भएकाले संक्रमण फैलाउने त होइनन् भन्ने त्रास स्थानीयमा सिर्जना भएको छ।

यता, भारतबाट आउने तरकारी व्यापारीहरुले संक्रमण फैलाउन सक्ने भन्दै दुईदिन अघि तिलोत्तमा नगरपालिकाले भारतीय तरकारी नगर भित्र प्रवेशमा प्रतिबन्ध नै लगाएको थियो।

भारतीय मिडीयाका अनुसार उक्त ठाउँमा हालसम्म ६ जनामा कोरोना पोजिटिभ भएको पुष्टि भइसकेको छ।

 

प्रकाशित: Apr 04, 2020| 14:15 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।