बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण, कुल संख्या ९ पुग्यो

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण, कुल संख्या ९ पुग्यो

सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं– सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये कैलालीका दुई र कञ्चनपुरका एक जना छन्। तीमध्ये दुई जना भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय र मुम्बईबाट आएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको हो। यस्तै, धनगढीका कोरोना संक्रमित एक व्यक्तिका आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ।

नेपालमा स्वदेशमै रहेकालाई कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो। यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

याेसहित नेपालमा काेराेना संक्रमण ९ जनामा देखिएकाे छ। चीनबाट फर्किएका एकजनामा निकाे भइसकेकाे छ। अन्य संक्रमितमध्ये २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

प्रकाशित: Apr 04, 2020| 13:21 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।