बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको त्रासमा कारागारको चाप घटाइँदै, कर्णालीबाट १० कैदी रिहा

कोरोना संक्रमणको त्रासमा कारागारको चाप घटाइँदै, कर्णालीबाट १० कैदी रिहा

कोरोना भाइरसको त्रासका कारण सरकारले कारागारको चाप घटाउन थालेको छ। कोरोना फैलिएमा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै सरकारले देशभरका कारागारमा चाप घटाउन थालेको छ। जसअनुसार कर्णाली प्रदेशबाट हालसम्म १० कैदी जेलमुक्त भएका छन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

सुर्खेत - कोरोना भाइरसको त्रासका कारण सरकारले कारागारको चाप घटाउन थालेको छ। कोरोना फैलिएमा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै सरकारले देशभरका कारागारमा चाप घटाउन थालेको छ। जसअनुसार कर्णाली प्रदेशबाट हालसम्म १० कैदी जेलमुक्त भएका छन्।

कर्णालीका आठ कारागारमध्ये सुर्खेतबाट सबैभन्दा बढी अर्थात सात जना कैदीहरु जेलमुक्त भएको सुर्खेत कारागारले जनाएको छ। त्यस्तै डोल्पाबाट एक जना, रुकुमपश्चिममा एक जना र जुम्लाबाट एक जना गरी कर्णाली प्रदेशबाट दश जना जेलमुक्त भएका छन्। बाँकी कैद अवधिको रकम असुल गरी रिहा भएका उनीहरुले जेलमुक्त पछि समाजमा गएर राम्रो गर्ने, गलत काम नगर्ने लिखित प्रतिबद्धता जनाएका छन्। तर, कालिकोट, दैलेख, सल्यान र जाजरकोटबाट भने एक जना कैदी पनि मुक्त भएका छैनन्। त्यहाँका कारागारबाट कैद मिनाहका लागि केही व्यक्तिहरुको सिफारिस भएको र उनीहरु कानूनी प्रक्रियामा रहेको सम्बन्धित कारागारले जनाएका छन्।

कोरोनाको त्रासपछि सरकारले कारागारको चाप घटाउन सरकारले एक वर्षभन्दा कम कैद सजाय तोकिएका, अशल आचरण भएका र कैद भुक्तानी थोरै भएकालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी छोड्ने गरेको हो। एक वर्षभन्दा कम कैद तोकिएका कैदीबन्दीलाई बाँकी सजायको धरौटी तिरेर रिहा गर्ने व्यवस्था गरिएको छ। सुर्खेतबाट कैद मिनाह हुँदै छुटकारा पाउनका लागि २५ जनाको रिफारिस भएको थियो।

आर्थिक अभावले सारु र राजी जेलभित्रै

कोरोनाको त्रासपछि सरकारले सुर्खेत कारागारको चाप घटाउन पहिलो चरणमा ९ जनालाई जेलमुक्त गर्ने निर्णय गरेको थियो। तर, आर्थिक अभावकै कारण दुई जना कैदीबन्दीले भने छुटकारा पाउन सकेका छैनन्। जेलमुक्तका लागि अदालतबाट आदेश पाएपनि बाँकी कैदबापतको रकम तिर्न नसक्दा वीरेन्द्रनगर ४ का सत्रपिटर सारुमगर र बराहताल ४ का टिकाराम राजी कारागारमुक्त हुन सकेका छैनन्। राजी ज्यानमार्ने उद्योग र सारु लागुऔषध कारोबारमा जेल चलान भएका थिए। राजी र सारुले बाँकी कैदबापत राज्यलाई बुझाउनु पर्ने रकम बुझाएको खण्डमा अदालतले जुनसुकै बेला रिहा गर्नसक्ने सुर्खेत कारागार प्रमुख भुवन गौतमले जनाए।

भन्द भयो भेटघाट

कोराना भाइरसको संक्रमण फैलनसक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न थुनुवा र बन्दीसँगको भेटघाटमा रोक लगाइएको छ। कोरोना त्रासका कारण कर्णालीका सबै कारागारमा भेटघाट बन्द गरिएको सम्बन्धित कारागारले जनाएका छन्। भेटघाट बन्द भएपनि कारागारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तुु आपूर्ति गर्दा र कारागार प्रशासनका कर्मचारी आवतजावत गर्दा विशेष सावधानी अपनाइएको सम्बन्धित कारागारले जनाएका छन्।

प्रकाशित: Apr 04, 2020| 13:12 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।