बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गरिब तथा विपन्न परिवारलाई मारवाडी सेवा समितिको सहयोग

गरिब तथा विपन्न परिवारलाई मारवाडी सेवा समितिको सहयोग

जनकपुरस्थित मारवाडी सेवा समितिले ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। दैनिक मजदुरी र ज्यालादारी गरी जीवनयापन गर्दै आइरहेका गरिब तथा विपन्न परिवारलाई शनिबार खाद्यान्नलगायतका सामग्री सहयोग गरेको गरिएको हो।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

जनकपुरधाम - जनकपुरस्थित मारवाडी सेवा समितिले ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। दैनिक मजदुरी र ज्यालादारी गरी जीवनयापन गर्दै आइरहेका गरिब तथा विपन्न परिवारलाई शनिबार खाद्यान्नलगायतका सामग्री सहयोग गरेको गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका–१२ कुवामा दलित समुदायका ६० घरधुरीमा खाद्यान्न वितरण गरिएको समितिका अध्यक्ष ललित बजाजले जानकारी दिए। अध्यक्ष बजाजका अनुसार प्रत्येक परिवारलाई पाँच केजी चामल, तीन केजी आलु, दाल, सोयाबिन, नुन, चाउचाउ, विस्कुटलगायतको खाद्यान्न सामग्री वितरण गरिएको छ।

यसैगरी समितिले धनुषाको खजुरी गाउँपालिकामा समेत शनिबारै खाद्यान्न वितरण गर्ने समितिका सल्लाहकार निर्मल चौधरीले जानकारी दिए। समितिले खजुरीका गरिब तथा विपन्न परिवारमा समेत खाद्यान्न वितरण गर्ने उनले बताए।

कोरोना संक्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ लागू गरेपछि दैनिक ज्यालादारी र मजदुरी गरेर जीवनयापन गरिरहेकाहरु समस्यामा परेकोले मारवाडी सेवा समितिले राहतस्वरुप खाद्यान्न वितरण गरेको चौधरीको भनाइ छ।

‘लकडाउन’ लम्बिँदा मजदुर तथा गरिबहरु समस्यामा परेपछि विभिन्न संघसंस्थाहरुले निजीस्तरमा खाद्यान्न, निःशुल्क खाना, साबुन, मास्क वितरण गर्दै आइरहेका छन्।

प्रकाशित: Apr 04, 2020| 12:55 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।