बिहीबार, भदौ ४, २०८३

स्वास्थ्यमन्त्री बर्खास्त गर्न नेविसंघकाे माग

नेपाल विद्यार्थी संघले नेपाली जनता कोरोना महामारीको सन्त्रास रहेको फाइदा उठाउँदै स्वास्थ्य उपकरण खरिदमा अनियमितता गर्ने स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरी छानबिन गर्न माग गरेको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नेपाली जनता कोरोना महामारीको सन्त्रास रहेको फाइदा उठाउँदै स्वास्थ्य उपकरण खरिदमा अनियमितता गर्ने स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरी छानबिन गर्न माग गरेको छ।

संघले भनेको छ, 'गम्भीर विपत्तिको यस क्षणलाई कसैले पनि आर्थिक लाभ गर्ने समयका रुपमा लिन्छ भने त्यो अपराध हो। मौकाको फाइदा उठाउने दाउमछा कोही छ भने नेपाली जनताले त्यसलाई छाड्ने छैनन्।'

संघले विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले तीन महिनाअघि नै संक्रमणविरुद्धमा जुट्न गरिएको आह्वानलाई सरकारले अटेर गरेको आरोप लगाएको छ।
स्वास्थ्य उपकरण खरिदमा तीन घण्टामात्र समय राखेर बोलपत्र आह्वान गर्नु, बजार मूल्यभन्दा अस्वाभाविक रुपमा बढी मूल्यमा सामान किन्नु र गुणस्तरहीन सामान खरिद गर्नुले अनियमितता पुष्टि भएको संघकाे ठहर छ। 

विज्ञप्तिमा भनिएको छ, 'विपत्तिको यस क्षणमा अक्षम्य कार्य गर्ने जोकेहीलाई पनि कारबाहीको दायरामा ल्याइयोस्।' 

संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य उपकरण खरिदमा संलग्न सरकारी निकायका उच्च अधिकारीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल बर्खास्त गरी छानबिन गर्नुपर्ने बताए।

प्रकाशित: Apr 04, 2020| 11:33 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।