बिहीबार, भदौ ४, २०८३

चार्टर्ड विमानमार्फत १ हजार ५०० पर्यटक बाहिरिए

नेपालमा रहेका विदेशीलाई सम्बन्धित देशले उडान चार्टर्ड गरी स्वदेश फर्काउन थालेका छन्। लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं - नेपालमा रहेका विदेशीलाई सम्बन्धित देशले उडान चार्टर्ड गरी स्वदेश फर्काउन थालेका छन्। लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन्।

पछिल्लो एकसातामा दिनहुँजसो चार्टर्ड उडान भएका छन्। कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन्। लकडाउनको आज १२औं दिनको अवधिसम्म एक हजार ५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन्।

यसैबीच आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन्। जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन्। उनीहरुलाई लिन दुवै जहाज काठमाडौं आइसकेका छन् । त्यस्तै मलेशियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलंकन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।

कतार एयरवेजको जहाज केहीबेरमा दोहा हुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ। आजै मलेशियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेशिया एयरलाइन्सबाट फिर्ता लैजानेछ। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौं जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ।

प्रकाशित: Apr 04, 2020| 11:11 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।