शुक्रबार, कात्तिक २८, २०८२

क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन अब अत्याधुनिक

काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँ लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँ लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ। काठमाडौं महानगरपालिका–१७ मा रहेको अस्पतालले आफ्नै जग्गामा अत्याधुनिक आठतले भवन बनाउन लागेको हो। 

National life

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले भवनको बिहीबार संयुक्त रुपमा शिलान्यास गरे। शिलान्यास कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै शाक्यले क्षेत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताए। उनले भने, ‘यहाँ वडा अध्यक्षज्यूहरु, उपमेयरज्यू र छौं, फेरि पनि जितेर आउने हामीमध्येबाटै कोही हुन्छ, त्यसैले जनताको सेवा गर्ने क्षेत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइनौं भनेर गुनासो गर्ने ठाउँ दिन्नौं।’ 

उपमेयर खड्गी (श्रेष्ठ) ले चिकित्सालयले काठमाडौंभित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन्। उनले भनिन्, ‘काठमाडौंमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ।’ 

महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेड करोड रुपैयाँसहित निर्माण सुरु गरिएको अस्पताल दाताहरुबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए। 

क्षेत्रपाटी निःशुल्क चिकित्सालय २०१३ माघ २३ गते १० रुपैयाँको कुल पुँजीबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो। तत्कालीन सञ्चार, यातायात तथा नहरमन्त्री गणेशमान सिंहले २०१६ माघ २३ गते भवन शिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुईवटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ। चिकित्सालयमा मुटुसम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टसहित अत्याधुनिक भेन्टिलेटर सुविध छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2021| 17:01 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।