बिहीबार, भदौ ४, २०८३

सुनसान छ दमौली

अधिकांश जनताले बन्दको निर्देशन पालना गरेका छन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

तनहुँ : बन्दाबन्दीका बेला दमौली बजार पूर्णतः सुनसान छ। अधिकांश जनताले बन्दको निर्देशन पालना गरेका छन्। अस्थायी बसोवास गरेर अध्ययन, व्यवसाय गर्नेहरु घर फर्किएकाले मान्छेको चाप घटेको छ। 

बिहानबेलुका भने घरायसी सामग्री किन्ने चहलपहल देखिन्छ। ‘तरकारी बजार र औषधि पसलबाहेक मान्छेको चहल पहल छैन,’ स्थानीय भुवनसिंह थापाले भने।

उनले अब वडाले घरघरमा तरकारी ल्याउने तयारी गरेको बताए। ‘यस्तो बेला सरकारी निर्देशन पालना गरेर घरै बस्नुको विकल्प छैन,’ उनले भने, ‘आफू र अरुलाई संक्रमित नबनाउन बन्दाबन्दी पालना गर्नैपर्यो।’

तरकारी बजारको चहलपहलले संक्रमण फैलन सक्ने डर भएपछि स्थानीय सरोकारवालाको बैठकले तरकारी बजार बन्द गरेको छ। बैठकले लकडाउनमा सामाजिक दूरी कायम गर्न सबैलाई निर्देशन दिएको छ।

प्रकाशित: Apr 04, 2020| 10:36 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।