बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको कहरमा जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

कोरोनाको कहरमा जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ ।

यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणका कारण लागू भएको राष्ट्रव्यापी तालाबन्दीमा जन्मेका उनीहरू अस्पतालबाट घर फर्किसकेका छन् ।

उनीहरूका अभिभावक प्रीति वर्मा र शुभ्र सिंहले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका छन् । जुम्ल्याहाकी आमाले कोरोना भाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताइन्।

उनले अस्पतालको कुशल व्यवस्थापनका कारण आफूहरू सुरक्षित घर फर्किएकोमा रायपुरस्थित डा बीआर अम्बेडकर मेमोरियल अस्पताल र आफ्नो सेवामा सम्लग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिइन्।

“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ,” चैत १३ (मार्च २६) का दिन आफूलाई प्रसव व्यथा लागेको कोभिड र कोरोनाकी आमाले सञ्चारकर्मीसँगको कुराकानीमा बताइन्। एक दिनपछि जुम्ल्याहा जन्मिएका थिए ।

वर्माले भनिन्, “लकडाउनका कारण सडकमा कुनै सवारी चलाउन अनुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको थियो तर उनीहरू मेरो अवस्था देखेपछि अवरोध गरेनन् । अस्पताल जान पाइयो ।
मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सोचिरहेको थिएँ तर सौभाग्यवश चिकित्सकहरू र अन्य स्टाफहरू निकै सहयोग गर्नुभयो । हामी आज खुशी छौँ ।”

“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ,” उनले थपिन्।

अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् । ती दम्पतीको स्थायी घर उत्तर प्रदेशमा रहेको भएपनि पछिल्ला केही वर्षदेखि छत्तिसगढ राज्यको राजधानीको पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् ।

रासस

प्रकाशित: Apr 04, 2020| 07:34 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।