कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, गुगौली गाउँमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब ३० वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
शुक्रबार अपराह्न करिब ४ बजे काशीराम यादवको घरबाट सल्किएको आगो गाउँभरि फैलिएको हो ।
दिउँसो खाजा बनाएपछि निभाउनका लागि चुल्लो बाहिर निकालिएको आगोले ठूलो रुप लिएको जनाइएको छ । आगलागीबाट मानवीय नभए पनि गाउँका अधिकांश घर जलेर नष्ट भएको कपिलबस्तु प्रहरीले जनाएको छ ।
आगो फैलँदै गएपछि स्थानीयहरु सुरक्षित स्थानमा जानुका साथै गाईवस्तुलाई पनि सुरक्षित स्थानमा लगेका थिए । स्थानीयको साथमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ ।
आगजनीमा ३९ घर गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
स्थानीय कासीराम यादवको घरबाट सल्किएको आगो गाउँभरि फैलिएको हो । दिउँसो नास्ता पकाउन बालेको आगोले खरले छाएको फुसको छानो समाएपछि आगजनी नियन्त्रण बाहिर गएको थियो ।
आगलागीबाट करिब एक करोडको नोक्सान भएको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले बताए ।
कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेकोले क्षति बढी भएको स्थानीयले बताएका छन् । तौलिहवा र गुगौलीको दूरि करिब ५० किलोमिटर छ।