बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस उपसभापति निधिद्वारा क्वारेन्टाइनलाई पीपीई सहयोग

कांग्रेस उपसभापति निधिद्वारा क्वारेन्टाइनलाई पीपीई सहयोग

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वास्थ्यकर्मीहरुलाई पीपीई उपलब्ध गराएका छन् ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वास्थ्यकर्मीहरुलाई पीपीई उपलब्ध गराएका छन् । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्षेत्रीय क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई उपसभापति निधिले पाँच थान पीपीई उपलब्ध गराएका हुन्।
कोरोना संक्रमणपछि लागू गरिएको लकडाउनको ११ औं दिन बितिसक्दा पनि गंगुलीस्थित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पीपीईको अभाव खड्किरहेको बेला उनले सो पीपीई उपलब्ध गराएका हुन् ।
गंगुलीस्थित क्वारेन्टाइनमा डेढ दर्जन भन्दा बढी कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राखिए पनि त्यहाँका स्वास्थकर्मीलाई अहिलेसम्म एक थान पीपीईसमेत सरकारले उपलब्ध गराएको छैन ।
उपसभापति निधिले नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण र उपाध्यक्ष राकेश बिक्रम साह मार्फत सो क्वारेन्टाइनका संयोजक जुगेश्वर मण्डललाई पीपीई हस्तान्तरण गरिएको हो ।

प्रकाशित: Apr 03, 2020| 19:16 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।