बिहीबार, भदौ ४, २०८३

स्वास्थ्यकर्मीलाई अन्योलमा नपर्न आग्रह

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई महामारीका बेला एकजुट मात्र हुन भनेको तर कसैलाई अमानवीय व्यवहार नगरेको प्रस्ट पारेको छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई महामारीका बेला एकजुट मात्र हुन भनेको तर कसैलाई अमानवीय व्यवहार नगरेको प्रस्ट पारेको छ।
नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने, 'जो जुन अवस्थामा हुनुहुन्छ, ठाउँ नछाड्स्, जिम्मेवारी नछाड्नुस् भनेका हौं।'

उनले कुनै भ्रममा नपरी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए। प्रवक्ता देवकाेटाले  स्वास्थ्य कर्मचारीको बिदा र सहुलियतका सम्बन्धमा मन्त्रालय र विभागबीच कुनै विवाद नरहेको बताए ।

कर्मचारीको बिदाका सम्बन्धमा एक साताका बीचमा मन्त्रालय र विभागले फरकफरक परिपत्र जारी गरेपछि स्वास्थ्य सेवाका कर्मचारी अन्योलमा परेका थिए।

प्रकाशित: Apr 03, 2020| 17:25 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।