बिहीबार, भदौ ४, २०८३

तीन हप्ता लकडाउन गर्न जनस्वास्थ्य विज्ञको सुझाव

जनस्वास्थ्य विज्ञले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न कम्तिमा ३ हप्ता बन्दाबन्दी (लकडाउन) गर्न सुझाव दिएका छन्।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं- जनस्वास्थ्य विज्ञले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न कम्तिमा ३ हप्ता बन्दाबन्दी (लकडाउन) गर्न सुझाव दिएका छन्।

नेपालमा कोरोनाको संक्रमण फैलिइसकेपछि उपचार पाउन कठिन भएकाले फैलिनै नदिनका लागि लकडाउनको विकल्प नभएको जनस्वास्थ्य विज्ञको सुझाव छ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे सामाजिक सञ्जालमा लेख्छन्, आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ, संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ, यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन्।’

उनी भन्छन्, ‘त्यसैले यो सम्पूर्ण विश्वले आगामी ३ हप्ता कफ्र्यु स्तरको लक डाउन गर्नु जरुरी छ।’

सरकारले गत चैत ११ गते सुरु गरेकाे लकडाउन म्याद थप गरेर चैत २५ गतेसम्म पुर्‍याएकाे छ।

डा. पाण्डे अगाडि लेख्छन्, ‘सीएनएनका अनुसार बोल्दा, श्वास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ, यो भाइरस ६ फिटको दूरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ भनिएको छ, तसर्थ घरबाहिर पटक्कै निस्किनु हुँदैन, चिनियाँ, अमेरिकी तथा युरोपियन अनुसन्धानविद्ले भनेका छन् कि कोरोना भाइरस संक्रमण अप्रिलको अन्त्यदेखि हराउँदै जानेछ र हामी सबैलाई अप्रिलभर लक डाउनमा बसेर मे महिनाको प्रतीक्षा गर्नुपर्दछ।’

डा. पाण्डेले कोरोना संक्रमण फैलियो भने नेपालमा उपचारका लागि निकै कठिन अवस्था भएको स्मरण गराएका छन्। उनले भनेका छन्, ‘हामीसँग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली एकदम न्यून छ, दशौँ हजारको संख्यालाई आवश्यक पर्न सक्ने भेन्टिलेटर देशभर १५० वटा पनि छैनन्,  नयाँ भेन्टिलेटर किनेर ल्याउन असम्भव प्राय छ, भेन्टिलेटर चलाउन सक्ने जनशक्ति पनि एकदम थोरै छ।’

डा. पाण्डेले सरकारले काठमाडौं छाडेर गाउँ जान चाहनेलाई पनि सरकारले व्यवस्थित रुपमा पठाइदिनु पर्ने र उनीहरुलाई क्वारेन्टाइनमा राखेर अनुगमन गर्नुपर्ने सुझाव दिएका छन्।

प्रकाशित: Apr 03, 2020| 15:42 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।