बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा क्षेत्रमा अलपत्र नागरिकलाई सम्मानपूर्वक स्वदेश फर्काउन अपिल

सीमा क्षेत्रमा अलपत्र नागरिकलाई सम्मानपूर्वक स्वदेश फर्काउन अपिल

सीमापारी तथा दशगजामा अलपत्र नेपालीहरु पीडादायी र त्रासपूर्ण जीवन विताईरहेको भन्दै संवैधानिक कानून व्यवसायी मञ्चले तत्काल स्वदेश प्रवेशको व्यवस्था गर्न अपिल गरेकोे छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं- सीमापारी तथा दशगजामा अलपत्र नेपालीहरु पीडादायी र त्रासपूर्ण जीवन विताईरहेको भन्दै संवैधानिक कानून व्यवसायी मञ्चले तत्काल स्वदेश प्रवेशको व्यवस्था गर्न अपिल गरेकोे छ।

भरपर्दो व्यवस्था बिना नै सरकारले नेपाल प्रवेशमा रोक लगाउँदा थुपै्र नेपालीहरुले कष्ट भोगिरहेको भन्दै मञ्चले सीमा क्षेत्रमा अलपत्र नागरिकहरुको अबिलम्व सम्मानपूर्वक व्यवस्थापन गर्न सार्वजनिक रुपमा अपिल गरेको हो।

शुक्रबार एक अपिल सार्वजनिक गर्दै मञ्चले सार्वभौम नेपाली नागरिकहरुको स्वदेश प्रवेशमा रोक लगाउने कार्यले संवैधानिक एवम् अन्तर्राष्ट्रिय मानवअधिकार कानुनद्वारा प्रत्याभूत देश निकालाविरुद्धको हक, आवतजावतको स्वतन्त्रता, अविभेद र समानताको हक, सम्मानपूर्वक वाँच्न पाउनेलगायत स्वास्थ्य, खाद्य र आवाससमेतका हकहरु तथा न्यूनतम मानवीय मूल्य मान्यताको समेत उल्लंघन हुन पुगेको जनाएको छ।

अन्य मुलुकहरुले समेत आफ्ना नागरिकहरु प्रतिको प्राथमिक दायित्व बोध गरेर स्वदेश फिर्ता लगे पनि नेपालले भने आफ्नै देशका नागरिकलाई सीमा क्षेत्रमा अलपत्र पार्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको मञ्चले ठहर गरेको छ।

‘संविधानको धारा ४५ ले देश निकालाविरुद्धको हक प्रत्याभूत गरेको, नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकार अभिसन्धि, १९६६ को धारा १२ समेतद्वारा नागरिकलाई स्वदेश प्रवेशमा रोक लगाउन बर्जित गरेको एवम् यी हकहरु संकटकालमा समेत अहरणीय रहने भएका कारण नागरिकलाई देशभित्र आगमनमा लगाएको प्रतिवन्धलाई तत्काल हटाउनु पर्छ’ अपिलमा भनिएको छ।

विश्वव्यापी महामारीवाट जनताको सार्वजनिक स्वास्थ्यमा पर्नसक्ने असरलाई रोक्न सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन गरेको कुरा सवैबाट प्रशंसा भएकोे उल्लेख गर्दै मञ्चले स्वदेश प्रवेश गर्ने नेपाली नागरिकलाई न्यायोचित प्रबन्धसहित क्वारेन्टाइनको न्यूनतम मापदण्ड पालना हुने गरी अविलम्ब व्यवस्थापन सबैमा अपिलसमेत गरेको छ।

प्रकाशित: Apr 03, 2020| 14:42 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।