मंगलबार, असार २३, २०८३

बंगलादेशविरुद्ध नेपालका दुई खेलाडीको डेब्यू

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज बिहीबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेलका लागि नेपाली खेलाडीहरुको सूची सार्वजनिक गरेका छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज बिहीबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने खेलका लागि नेपाली खेलाडीहरुको सूची सार्वजनिक गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो पेजमा पहिलो रोजाइमा परेका खेलाडीहरुको प्लेइङ ११ सार्वजनिक गरेको हो।

११ खेलाडीमध्ये दुई नयाँ खेलाडीले पहिलो रोजाइमा अवसर पाएका छन्। आजको खेलबाट सविता राना मगर र प्रिति राईले डेब्यु गरेका हुन्।

खेल आज दिउँसो साढे पाँच बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। नेपाल र बंगलादेशबीचको खेलका लागि २०० र ५०० टिकट शुल्क निर्धारण गरिएको छ।

यस्तो छ नेपालको प्लेइङ सेट

निता बस्नेत, अनिता केसी, विमला बीके, विमला चौधरी, अमृता जैसी,  दीपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ (योन्जन), निशा ठोकर, प्रीति राई, पूजा राना, पुनम मगर, रजनी थोकर, रश्मि घिसिङ, रेणुका नगरकोटे, सविता राना, सारु लिम्बू, सृजना सिंह

गोलकिपरः अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

प्रकाशित: Sep 09, 2021| 16:52 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।