शुक्रबार, चैत ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देउवाको प्रश्न - मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धानमा ढिलाइ किन?

देउवाको प्रश्न - मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धानमा ढिलाइ किन?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा अनुसन्धान र कारबाहीमा किन ढिलाइ गरिएको भन्दै सरकारमाथि प्रश्न खडा गरेका छन्।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा अनुसन्धान र कारबाहीमा किन ढिलाइ गरिएको भन्दै सरकारमाथि प्रश्न खडा गरेका छन्।

National life

शुक्रबार वक्तव्य जारी गर्दै देउवाले अनियमिततामाथि अनुसन्धान थाल्न ढिलो गरी सरकारले उक्त घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाएका छन्। ‘यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई गम्भीरतापूर्वक लिएको छु।’, देउवाद्वारा जारी वक्तव्यमा उल्लेख छ।

उनले नेपाली कांग्रेस कोरोना महामारीविरुद्ध लड्न सरकारलाई साथ दिइरहेको बताउँदै अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने कार्य गरेको बताएका छन्।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य नरहेको पनि देउवाले बताएका छन्।

देउवाले यस्तो संवेदनशील विषयमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छन्।

Laxmi sunrise bank
kumari

सभापति देउवाले डाउनको प्रतिकूल अवस्थाका बावजुद संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएकाले यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद भएको बताएका छन्।

 

प्रकाशित: Apr 03, 2020| 13:49 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।