शुक्रबार, असोज ४, २०८१

भारतबाट फर्केर निर्धक्क हिँडडुल

 |  शुक्रबार, चैत २१, २०७६
nespernesper

देव राना

देव राना

शुक्रबार, चैत २१, २०७६

सुर्खेत– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ का ३६ वर्षिय एक व्यक्ति चैत १० गते भारतबाट घर फर्किए । मजदुरीका लागि भारत गएका उनी त्यहाँ कोरोना भाइरसको त्रास फैलिएपछि घर फर्किएका थिए ।

triton college

सरकारले भनेको थियो– विदेशबाट आउने जोकोही १४ दिन क्वारेन्टाइनमा बस्नू । तर उनी क्वारेन्टाइनमा बसेनन् ।

नेपालगञ्ज र सुर्खेतको हेल्थ डेस्कमा स्वास्थ्य चेक गरेपछि उनलाई स्वस्थ छु भन्ने लाग्यो र घर पुगे । गाउँमा पुगेपछि पनि कसैले होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएनन् । उनी घर पुगेको हप्ता दिन नहुँदै परिवारका पाँच जनालाई ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने भयो । गाउँ नै त्रसित बन्यो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेपछि जनप्रतिनिधिको दबाबमा बल्ल उनी परिवारसहित क्वारेन्टाइनमा बसेका छन् ।

उनीमात्रै होइन, जिल्लामा रोजगारीका लागि भारत र अन्य मुलुक गएका सयौं नागरिक गाउँ फर्किएका छन् । तर जिल्लामा जम्मा १४ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास नै फैलिएको छ । तर विदेशबाट आएकाहरुलाई उच्च निगरानीमा राखिएको उनको भनाइ छ ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २० वर्षीय एक युवक केही दिनअघि भारतको केरलबाट फर्किए । उनी पनि क्वारेन्टाइमा बस्नुको सट्टा गाउँमै घुम्दै हिँडडुल गर्न थाले ।

Metro Mart
vianet

घर फर्किएको केही दिनमै उनमा उच्च ज्वरो देखिएपछि कोरोनाको आशंकामा गाउँ नै त्रसित भयो । अन्ततः स्थानीयको दबाबपछि ती युवा क्वारेन्टाइनमा बसे । तर नमुना परीक्षण गर्दा उनलाई कोरोनाको संक्रमण भने देखिएन ।

हप्ता दिनअघि कोरोनाले त्रसित रुकुम पश्चिममा पनि क्वारेन्टाइनमा बस्नेको संख्या न्यून रहेको छ । भारत तथा तेस्रो मुलुकबाट सयौं नागरिक भित्रिएका छन् । तर हालसम्म अधिकांशले क्वारेन्टाइनमा बस्न मानेका छैनन् ।

अहिलेसम्म सदरमुकामस्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ७ र चौरजहारीस्थित शितल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १६ जना मात्र बसेका छन् । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार भारतबाट ४ सय ६१ र अन्य तेस्रो मुलुकबाट २७ गरी ४ सय ८८ जना जिल्ला भित्रिएका छन् । अधिकांश क्वारेन्टाइनमा बस्न मान्दैनन् ।

त्यस्तै जाजरकोटमा पनि अहिलेसम्म ४ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । जबकि विदेशबाट २ सय ५ जना नागरिक गाउँमा पुगेका छन् । तर उनीहरु क्वारेन्टाइन नभई सेल्फ क्वारेन्टाइनमा बसेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

विदेशबाट आएका नागरिकका कारण स्थानीय त्रसित बनेपछि स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमा राखिएको छ । जाजरकोटमा पनि अधिकांश नागरिकहरु क्वारेन्टाइनमा बस्न मान्दैनन् ।

त्यस्तै मुगुको मुगुमकार्माेरोङ गाउँपालिकाले ६० बेडको क्वारेन्टाइन तयार पारेको छ । गाउँपालिका अध्यक्ष छिरिङ काप्रे लामाका अनुसार काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट १ सय ६२ जना नागरिक गाउँमा फर्किएका छन् । तर उनीहरु कोही पनि क्वारेन्टाइनमा बस्न मान्दैनन् ।

प्रहरी प्रशासन नहुँदा सहरबाट गाउँ आएकालाई क्वारेन्टाइनमा बसाल्न समस्या भएको गाउँपालिकाले जनाएको छ । सल्यान, जाजरकोट र मुगुमात्रै होइन, शहर र विदेशबाट गाउँमा पुगेका अधिकांश कर्णालीका नागरिकहरु हालसम्म क्वारेन्टाइनमा बस्न मानेका छैनन् । कोरोना संक्रमणको आशंका गरिएकाहरु क्वारेन्टाइनमा नबस्दा कोरोनाको त्रास र जोखिम दुबै बढेको हो ।

प्रहरीलाई हैरानी

विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा प्रहरीले हैरानी व्यहोर्नु परेको छ । सकेसम्म घरमा पुगेर क्वारेन्टाइनमा बसाल्नु, नभए होम क्वारेन्टाइनमा बस्न सल्लाह दिँदादिँदै हिजोआज प्रहरी हैरान बनेका हुन् ।

प्रहरीले विदेशबाट आएकाहरुलाई घरमै गएर सम्झाइ बुझाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिकाले विदेशबाट फर्किएका २२ जनाको घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । प्रहरीको अगुवाईमा जनप्रतिनिधि र स्वास्थयकर्मीहरु घरमै पुगेर कोरोना सम्बन्धी परामर्श गरेर होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आएका छन् ।

भारतबाट फर्किएका १३ जना, साउदीबाट फर्किएका ५ जना, कतारबाट फर्किएका २ जना र मलेसियाबाट फर्किएका २ जना गरी २२ जना विदेशबाट फर्किएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारी दिए । क्वारेन्टाइनमा बस्न नमानेका उनीहरुलाई दुई साता घरको छुट्टै कोठामा बस्न र अरु ब्यक्तिसँगको सम्पर्कमा नजान आग्रह गरिएको उनले जनाए ।

 

प्रकाशित: Apr 03, 2020| 12:50 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।