बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकाली तरेर नेपाल आएका तीनजनालाई क्वारेन्टाइनमा राखियो

महाकाली तरेर नेपाल आएका तीनजनालाई क्वारेन्टाइनमा राखियो

महाकाली नदी तरेर भारतबाट आएका डडेलधुराका ३ जना युवालाई क्वारेन्टाइनमा राखिएको छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

डडेलधुरा– महाकाली नदी तरेर भारतबाट आएका डडेलधुराका ३ जना युवालाई क्वारेन्टाइनमा राखिएको छ। भारतको पिथौरागढबाट घर फर्किएका डडेल्धुरा आलिताल गाउँपालिका–३ का ती युवालाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए।

गुरुङका अनुसार किरण डडाल, गोपाल डडाल र प्रकाश डडाल महाकाली नदी तरेर घर पुगेका हुन्। पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका उनीहरुलाई ठेकेदारले कामबाट निकालेको थियो।

ठेकेदारले दुई हजार गाडी भाडा दिएर पठाएपछि तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेका हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र १४ दिन क्वारेन्टाइनमा राखिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले बताए। नेपाल र भारतमा भएको लकडाउनका बीच उनीहरु नदी तरेर नेपाल भित्रिएका हुन्।

प्रकाशित: Apr 03, 2020| 12:25 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।