बिहीबार, भदौ ४, २०८३

महाकाली नदीमा पुरुषको शव फेला

महाकाली नदीमा एक पुरुषको शव फेला परेको छ ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

कञ्चनपुर- बिहीबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली क्षेत्र नजिक नदीमा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्रप्रसाद पौडेलले फेला परेको शवको पहिचान नभएको बताए।

बुधबार साँझ महाकाली नदी झोलुङ्गे पुल भन्दा दक्षिण एक युवक डुबेर बेपत्ता भएका थिए, आज फेला परेको शव झोलुङ्गे पुल भन्दा उत्तरतिर फेला परेको हो ।

‘हिजो कुन मानिस डुबेको हो भन्ने बारेमा खोजिकार्य भईरहेको छ,’ प्रहरी प्रवक्ता पौडेलले भने, ‘आजको पनि पहिचान भएको छैन्।’ उक्त शव एक दुईदिन अघि नै बगेर आएको अनुमान गरिएको छ।

भीमदत्त र महाकाली नगरपालिका जोड्ने लामो झोलुङ्गेपुल बन्द भएपछि स्थानीयले कतै भारतबाट आएका व्यक्ति भाग्न खोज्दा डुबेको हुनसक्ने अनुमान गरेका छन्।

महाकाली नदीमा फेला परेको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा ल्याईएको छ ।

लकडाउनका कारण दार्चुलादेखि कञ्चनपुरसम्मका नाका बन्द भएपछि भारतबाट फर्किएका केही नेपालीले भारतीय सीमा क्षेत्र धार्चुलाबाट महाकालीमा हाम फालेर नेपाल प्रवेस गरेका थिए ।

कतै यि व्यक्ति पनि महाकाली नदी पार गरेर नेपाल प्रवेश गर्न खोज्दा डुबेका त होइनन् भन्ने आशंका गरिएको छ।

प्रकाशित: Apr 03, 2020| 10:56 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।