बिहीबार, भदौ ४, २०८३

जनप्रतिनिधिको सबै सेवासुविधा कोरोना रोकथाम कोषमा

कोरोना भाइरसबाट बचाउन जनप्रतिनिधिले पाउने सबै सेवासुविधा तथा भत्ताबाट विपत् कोषमा रु १० लाख जम्मा हुने भएको छ ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा कोरोना भाइरसबाट बचाउन जनप्रतिनिधिले पाउने सबै सेवासुविधा तथा भत्ताबाट विपत् कोषमा रु. १० लाख जम्मा हुने भएको छ ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले हालसम्म पाउन बाँकी तलव र भत्तासहित गाउँपालिकाका जनप्रतिनिधिले कोषमा सहयोग गरेको जानकारी दिइन्।

उनले सबै करारका कर्मचारीको लागि प्रतिकर्मचारी रु पाँच लाखको जीवन बीमा गर्न गर्ने निर्णय भएको पनि जानकारी दिए।

सो गाउँपालिका–५ स्यालामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । असाहय, गरिब तथा बेरोजगारलाई खाद्यान्नलगायतका सामग्री वितरण गर्ने उनले बताए। -रासस

 

प्रकाशित: Apr 03, 2020| 10:02 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।