बिहीबार, भदौ ४, २०८३

क्वारेन्टाइन पूरा नगरी घर फिर्ता

 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले दुई दिनमै घरमा पठाइदिएको छ ।

महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१ जनालाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घरघरमा पठाइएको हो ।

क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए। महाबुगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले क्वारेन्टाइनमा राखिसकेपछि कम्तीमा मापदण्ड पूरा गर्नुपर्ने सुझाव आफूले दिएको जानकारी दिए।
रासस

प्रकाशित: Apr 03, 2020| 09:10 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।