बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा मृत्यु हुनेमध्ये १५ जना दिल्लीको धार्मिक सभामा सहभागी, जहाँ नेपाली पनि थिए

भारतमा मृत्यु हुनेमध्ये १५ जना दिल्लीको धार्मिक सभामा सहभागी, जहाँ नेपाली पनि थिए

 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ। यममध्ये १५ जना नयाँ दिल्लीको निजामुद्दिनमा भएको धार्मिक सभामा सहभागी भएकाहरु छन्।

बीबीसीका अनुसार उक्त कार्यक्रममा करिब ४ हजार सहभागी थिए। तीनैमध्ये कतिपयमा कोरोना पोजेटिभ देखिएको छ र १५ जनाको मृत्यु भएको छ।

दिल्लीमा अहिलेसम्म १४१ जनामा नयाँ संक्रमण देखिएको छ, जसमध्ये १२९ जना उक्त कार्यक्रममा सहभागी भएका थिए। दिल्लीमा संक्रमित भेटिएका २९३ मध्ये १८२ जना उक्त धार्मिक सभामा सहभागी पाइएका छन्।

दिल्लीको सो धार्मिक सभामा केही नेपालीहरु पनि सहभागी भएको पाइएको छ। त्यहाँबाट फर्किएका ६ जना सप्तरीमा भेटिएका छन्।

निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका ६ जनालाई प्रहरीले फेला परेको हो।

भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको भनिएको उक्त धार्मिक सभामा सहभागी ६ जनालाई घरमै बसिरहेको अवस्थामा फेला पारेर क्वारेन्टानमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी तिकल भारतीले जानकारी दिए।

फेला परेकामध्ये तीन जना जिल्लाका ठूला व्यापारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू केही दिनअघि दिल्लीबाट फर्किएका थिए।

सभामा सहभागी रौतहट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा रहेको बुझिएको छ।

प्रकाशित: Apr 03, 2020| 08:46 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।